Skip to content
Prabhu

विद्युतीय सवारीको भन्सार इन्धनमुखीको तुलनामा न्यून राखेकाले लक्ष्यअनुसार राजश्व उठ्न नसकेको अर्थमन्त्रीको स्वीकार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको अर्थमन्त्री डा प्रकाशशरण महतले बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका छन् । 
मन्त्री महतले राजश्व वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको उनको भनाइ छ । उनले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए । आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनको भनाइ छ । उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताए । 
मन्त्री महतले विद्युतीय सवारीसाधनको भन्सार इन्धनमुखी सवारीसाधनको तुलनामा न्यून राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजश्व उठेको उनको दाबी छ । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal