Skip to content

नेप्से १०.३७ अंकले बढ्यो, कारोबार ३ अर्ब ८३ करोड

nabil bank

 

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४.४६ विन्दुमा पुगेको छ। त्यसैगरी, आज फ्लोट इन्क्स ०.६१ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। आज ३०६ स्टकको १ लाख पटकको कारोबारमा ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत र सामलिङ्ग पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यसैगरी, यस दिन हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य ८.७३ प्रतिशत बढेको छ। आज चन्द्रागिरी हिल्सको सेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi