Skip to content
Prabhu

दिगो र आत्मनिर्भर आर्थिक विकासको सम्भावना विषय व्याख्यात्मक कार्यक्रम सम्पन्न

विराटनगर । उद्योग र शैक्षिक क्षेत्रबीचको अन्तरसम्वादका माध्यमबाट सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालको दिगो एवं आत्मनिर्भर आर्थिक विकास विषयमा व्याख्यात्मक कार्यक्रम सम्पन्न भएको  छ ।  

उद्योग संगठन मोरङ र अमेरिकन कर्नर विराटनगरले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा विराटनगरका विभिन्न उच्च माध्यमिक विद्यालयको सहभागिता थियो । 

कार्यक्रममा सहभागि विद्यार्थीहरुले  दिगो र आत्मनिर्भर आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र आमनागरिकको एकीकृत दृष्टिकोणको आवश्यकता रहेको औल्याएका थिए । उनीहरुले मुलुकको आर्थिक एवं औद्योगिक समृद्धिका लागि सबै पक्षबीचको सहकार्यको आवश्यकता हुने बताए ।  

सहभागी विद्यार्थीले आर्थिक विकास र नया रोजगारी सिर्जनामा उद्योग व्यवसायको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले लगानीमैत्री नीति निर्माण गरी कार्यान्वयन पक्षलाई सवलीकरण गर्नुपर्ने धारणा राखेका थिए । नेपालको दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, खनिजजन्य उद्योगको विकासका प्रचूर सम्भावना भएकाले नीतिगत सुधार गरी उक्त क्ष्ँेत्रमा लगानी अनुकुल वातावरण निर्माण गरे छिट्टै आर्थिक समृद्धि प्राप्त हुने धारणा व्यक्त गरे । 

व्याख्यात्मक कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग र शैक्षिक क्षेत्रबीचको निरन्तर सम्वादले आर्थिक विकासको नया क्षेत्र र सम्भावना पहिल्याउन सहज हुने विश्वास व्यक्त गरे ।  उनले सहभागि विद्यार्थीलाई देश मै स्वरोजगार भई रोजगारीका नया अवसरहरु सिर्जना गर्ने क्षमता विकास गर्न अनुरोध गरे । युवा पुस्ताले नया सोच र अवधारणाका साथ प्रारम्भ गरेको स्र्टाटअपहरुले विश्व आर्थिक मंचमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले सोही अनुरुपको नया सोचका साथ स्वदेश मै उद्योग व्यवसायका क्षेत्रमा युवाहरु आउनुपर्ने विचार व्यक्त गरे । 

प्रत्येक सहभागिलाई दिगो र आत्मनिर्भर आर्थिक विकासको सम्भावना विषयमा व्याख्या गर्न आठ मिनेट समय दिईएको थियो । कार्यक्रममा वाल कल्याण विद्या मन्दिरकी स्विकृती अधिकारी प्रथम, आदर्श उच्च माविका सुजन खत्री दोस्रो र सत्यनाराण उच्च माविकी सिवानी राउत तेस्रो भएको थिइन् । 

उपप्राध्यापक डा. चन्द्र तिम्सिना, युवा व्यवसायी अभिनायक मल्ल र संचारकर्मी अनन्त न्यौपाने निर्णयक प्यानलमा रहनु भएको कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीलाई नगद रकमसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal