Skip to content
Prabhu

खेल मैदान स्तरोन्नतिका लागि ५० लाख बजेट बिनियोजन गर्छुः मुख्यमन्त्री यादव

nabil

 

बारा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले  मौवादेवी खेलमैदानको स्तरोन्नतिका लागि  ५० लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।

जितपुरसिमरा–१८ स्थित मौवादेवी युवा क्लबको खेलमैदानमा सुरु मनहर्वा गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवा खेलमैदान स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको योजनामा समेटेर अघि बढ्ने प्रतिबद्धता गरे । 

 

मुख्यमन्त्री यादवले लागुऔषधमुक्त समाज निर्माणका लागि निजगढमा सुधार केन्द्र भवन निर्माण गरिनेसमेत उद्घोष गरे । उनले प्रदेशमा स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि काम भइरहेको बताए । 

मधेस प्रदेश सरकारका खेलकुदमन्त्री सुरिताकुमारी साहले प्रतियोगिताका लागि मन्त्रालयबाट रु चार लाख उपलव्ध गराउने बताउनुभयो । खेल र खेलाडीको विकास एवं  स्तरवृद्धिका  लागि प्रदेश सरकार पूर्णरूपमा अग्रसर भइरहेको उनको भनाइ थियो । 

कार्यक्रममा बारा क्षेत्र नं ३ की प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ज्वालाकुमारीले प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न आफू तयार रहेको बताइन्  । 

माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ नगद प्राप्त गर्ने छन् । 

प्रतियोगिताको पहिलो दिन आयोजक मौवादेवी युवा क्लबले नमस्ते युवा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जितपुरसिमरा–१८ स्थित मौवादेवी खेलमैदानमा आज भएको उद्घाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १–० ले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal