Skip to content
Prabhu

रिलायन्स स्पिनिङ मिल्सले प्रतिकित्ता ८२० रुपैयाँको दरले सर्वसाधारणलाई आइपीओ जारी गर्ने

nabil

काठमाडौं । सर्वसाधारणले रिलायन्स स्पिनिङ मिल्सको सार्वजनिक निष्कासन(आइपीओ) प्रतिकित्ता ८२०.८० रुपैयाँमा पाउने भएका छन् । 

रिलायन्स रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रणाली अनुसार योग्य संस्थागत लगानीकर्तालाई जारी गरेको सेयर निष्कासनमा कटअप प्राइस ९१२ कायम भएको छ । 

९१२ भन्दा बढी मूल्यमा आवेदन दिएका योग्य लगानीकर्ताले माग अनुसार नै सेयर पाउनेछन् । बुक बिल्डिङमा योग्य संस्थागत लगानीकर्ताले आवेदन गरेको सेयर मूल्यमा कटअप निकाल्ने र त्यो मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई सेयर निष्कासन गर्ने गरिन्छ । 

कम्पनीले गत माघ १० गतेदेखि माघ १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले ६०८ देखि ९१२ को आधारमा रहेर सेयर निष्कासन गरेको थियो । 

नेपाल स्टक एक्सचेञ्जमा सोमबार संस्थागत लगानीकर्ताले भरेको आइपीओ बाँडफाँड भएको छ । 

रिलायन्सले बुक बिल्डिङमार्फत १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ४० प्रतिशत सेयर संस्थागत लगानीकर्ताको लागि छ भने बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी हुने छ । बुक बिल्डिङमार्फत आइपीओ जारी गर्ने रिलायन्स दोस्रो कम्पनी हो । यसअघि सर्वोत्तम सिमेन्टले आइपीओ जारी गरेको छ । सर्वोत्तमले सर्वसाधारणलाई भने सेयर जारी गर्न बाँकी रहेको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal