Skip to content
Prabhu

श्री एयरलाइन्सद्वारा मानसरोवरको पर्वतीय उडान सुरु

  

काठमाडौं । सोमबार नेपालगन्ज विमानस्थलबाट श्री एयरलाइन्सले  चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान सम्पन्न गरेको छ । नेपाल भूभागबाट यसरी उडान गरिएको यो पहिलोपटक भएको एयरलाइन्सले जनाएको छ । 

सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगन्ज, टेमुप ट्रिप ग्रुप इन्डिया र पठिल होलिडेज् काठमाडौंसँगको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान गरिएको श्री एयरलाइन्सले जनाएको छ । 

सो उडान क्याप्टेन राजेश श्रेष्ठ तथा क्याप्टेन प्रफुल्ल वैद्यको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । 

उनका अनुसार ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिनेछ । साथै आगामी दिनमा नेपालगन्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौँ ल्याई पशुपति समेत दर्शन गराउने योजना रहेको एयरलाइन्सले जनाएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal