Skip to content
Prabhu

मीनबहादुर गुरुङको भाटभटेनी स्टोरले नक्कली भ्याटबिल प्रयोग गरेको सर्वोच्चको ठहर, दुई अर्बभन्दा बढी रकम तिर्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले मीनबहादुर गुरुङको भाटभटेनी डिपार्टमेन्ट स्टोरले नक्कली भ्याटबिल प्रयोग गरेको सर्वोच्च अदालतले सदर गरेको छ । 
सर्वोच्च अदालतका पूर्ण इजलासले यसअघि सर्वोच्चले दिएको फैसला सदर गर्दै भाटभटेनीले नक्कली भ्याटबिल प्रयोग गरेर कर छलेको पुष्टी गरेको हो । 
 सर्वोच्चका न्यायाधीशहरु डा श्री कुमार चुडाल, टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकालको सयुक्त इजलाशले यसअघिको फैसला सदर गरेको हो । 
भाटभटेनीको मुद्दामा सर्वोच्चले २०७६ सालमा सरकारको पक्षमा फैसला सुनाएपनि भाटभटेनी त्यसको पुनरावलोकनको माग गर्दै सर्वोच्च गएको थियो । 
सर्वोच्चको पूर्ण इजलासले भाटभटेनीले नक्कली भ्याटबिल प्रयोग गरेर ठहर गरेपछि योसँग जोडिएका अन्य मुद्दामा पनि सरकारको पक्षमा फैसला आउने भएको हो । 
२०६६ सालमा नक्कली भ्याटबिलको विषय बाहिर आएको थियो । त्यो बेला नाम चलेका धेरै व्यवसायीले नक्कली भ्याटबिल प्रयोग गरेको भेटिएको थियो । 
सर्वोच्चको फैसलासँगै सरकारले भाटभटेनीबाट जरिवाना ब्याज गरेर दुई अर्बभन्दा बढी असुल गर्न पाउने भएको छ । 
भाटभटेनीका गुरुङ बालुवाटारको जग्गा प्रकरणमा पनि आरोपी छन् । उनलाई केही महिना अगाडि प्रहरीले पक्राउ गरेको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal