Skip to content
Prabhu

एसबीआई बैंक र ई–सेवा मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं । नेपाल एसबीआई बैंक र ई–सेवा मनी ट्रान्सफर प्रालिबीच मंगलबार रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा ई¥सेवा मनी ट्रान्सफर प्रालिका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौतासँगै ग्राहकहरूले नेपाल एसबीआई बैंकका सम्पूर्ण शाखाहरू र ई–सेवाका विभिन्न एजेन्टहरूमार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal