Skip to content
Prabhu

मंगलबार नेप्से १४.८८ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ५४ करोड

nabil

 

काठमाडौं । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन मंगलबार  १४.८८ अंक बढेर २११९.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले बढेको छ।

नेप्से निरन्तर उकालो लागेपछि भोल्यूम पनि बढ्दै गएको छ। आज मंगलबार  ३०८ स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यसैगरी,  सिनर्जी पावर डेभलपमेन्ट र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। आज मिड सोलु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal