Skip to content
Prabhu

आज एनआईबीएल स्टेबल फन्ड खरिद गर्ने अन्तिम दिन

nabil

काठमाडौं । एनआइबीएल स्टेबल फन्डको एकाइ खरिदका लागि आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ ।  सो कम्पनीले गत माघ २ गते मंगलबारदेखि  बिक्री खुल्ला गरेको १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाइ फन्डको अन्तिम मिति आज मंगलबार सकिँदै छ । 

आज बेलुका ५ बजेसम्म इच्छुक लगानीकर्ताहरूले कम्पनीको फन्ड खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिएकाइ अंकित मूल्य १० रुपैयाँका दरमा २०८०/१०/२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको कम्पनीको फन्डका लागि हालसम्म ४१ हजार ४ सय ६५ जना आवेदकद्वारा १० करोड ५ लाख ९६ हजार ४ सय ८० एकाइ खरिदका लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal