Skip to content
Prabhu

मंगलबार सुन प्रतितोला ३ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal