Skip to content
Prabhu

राष्ट्रसंघद्वारा सोमालियाका लागि १.६ अर्ब अमेरिकी डलरको मानवीय योजना सार्वजनिक

अर्घाखाँची सिमेन्ट
Hyundai

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सन् २०२४ को मानवीय आवश्यकता तथा प्रतिक्रिया योजना सार्वजनिक गरेको छ । यसमा ५२ लाख सोमालियालीलाई सहयोगका लागि १.६ अर्ब अमेरिकी डलर माग गरिएको छ ।

‘विश्व निकायले आफ्ना साझेदारहरू र सोमालियाको संघीय तथा राज्य सरकारहरूसँग मिलेर प्रयास गर्यो,’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले नियमित पत्रकार सम्मेलनमा बताए।  

 गत वर्ष, सोमालिया विनाशकारी खडेरी भारी वर्षा, बाढीका कारण प्रभावित भएको थियो । सोमालियामा लाखौं मानिसहरू भोकमरी र कुपोषणबाट पीडित रहेको प्रवक्ता दुजारिकले बताए ।  

प्रवक्ताका अनुसार देशको जनसङ्ख्याको लगभग एक चौथाई (४० लाख) भन्दा बढी मानिसले हाल खाद्य असुरक्षाको सामना गरिरहेका राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले जानकारी गराएको छ । 

तथ्यांकअनुसार ६ वर्षमुनिका प्रत्येक पाँचमध्ये दुई जना बालबालिका तीव्र कुपोषणबाट पीडित रहेको सङ्केत  गरेको दुजारिकले बताउनुभयो । सोमालिया आन्तरिक विस्थापनको गम्भीर समस्यासँग जुझिरहेको छ । लगभग ३८ लाख व्यक्ति विभिन्न संकटका कारण आन्तरिक रूपमा विस्थापित भएका छन् ।

सोमालियाले हाल हैजाको प्रकोपको सामना गरिरहेको बताउँदै हैजा तीव्र गतिमा फैलिरहेको उनले बताए ।  

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्