काठमाडौं । सरकारी जग्गालाई व्यक्तिगत बनाएको आरोपमा पक्राउ परेका अरुण चौधरीको पहिलो दिनको बसाइँ अस्पतालमा हुने देखिएको छ ।
नेपाल प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्यूरो(सिबिआई)ले बिहीबार चौधरीलाई पक्राउ गरेको थियो ।
बासबारी जुत्ता कारखानाको जग्गामा पक्राउ परेका अजितनारायण सिंह पनि चौधरीसँगै चिरायु अस्पतालमा भर्ना भएका छन् । चौधरीको ६२ छ भने सिंहको उमेर ८२ वर्ष रहेको छ ।
अदालतले चौधरीलाई चारदिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्