Skip to content
Prabhu

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७  सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने १० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal