Skip to content
Prabhu

बिष्णु पौडेलको नीतिमा अरुण चौधरी, जग्गा फिर्ता गर्न तयार भएको बयान

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा जोडिएका एमाले उपाध्यक्ष बिष्णु पौडेलले जस्तै व्यवसायी अरुण चौधरीले सरकारलाई जग्गा फिर्ता गर्न तयार रहेको बयान दिएका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीबीआई)ले चौधरीलाई बिहीबार पक्राउ गरेको थियो । उनलाई अदालतले हिरासतमा राख्न चार दिनको म्याद दिएको थियो । 

चौधरी पक्राउ परेपनि प्रहरीको हिरासतमा भने बस्न परेको छैन । उनी अहिले अस्पतालमा छन् । सीबीआईले उनलाई अस्पतालबाट नै बयान लिएको छ । 

चौधरी ग्रुपका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् विनोद चौधरीका कान्छा भाइ अरुण पक्राउ भएपछि चौधरीले सरकारले व्यवसायीलाई त्रसाउन खोजेको र निजीकरणलाई बद्नाम गर्न खोजेको बताएका छन्। 

सीबीआईमा दिएको बयानमा चौधरीले आफू जग्गा सरकारको नाममा पास गर्न तयार रहेको बताएका छन् । 

बालुवटार जग्गा प्रकरणमा मुछिएका पौडेलले सरकारलाई ८

 आना जग्गा फिर्ता गरेका थिए । सरकारलाई जग्गा फिर्ता गरेको भन्दै पौडेल विरुद्ध मुद्दा दायर भएको थिएन । 

बाँसबारी क्षेत्रमा सो जग्गामा अहिले चाँदबाग स्कुल सञ्चालन हुन्छ । जसको क्षेत्रफल १० रोपनी रहेको छ । आजको दिनमा जग्गाको मूल्य डेढ अर्बजति पर्छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal