Skip to content
Prabhu

‘नक्कली डिभोर्स’ले पनि जोगिएन इच्छाराजको सम्पत्ति, ३ अर्ब सरकारलाई तिर्नुपर्ने

काठमाडौं । कुनैबेला सम्पत्ति जोगाउन सँगै बस्ने श्रीमतिसँग नक्कली डिभोर्स गरेका इच्छाराज तामाङ सम्पत्ति जोगाउन असफल भएका छन् ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै तीनवर्ष कैद सजाय र एक अर्ब ७२ करोड तिर्नुपर्ने फैसला सुनाएको हो । श्रीमति सृजना शाक्यलाई डेढवर्ष कैद र १ अर्ब ३ करोड जरिवाना तिराउने निर्णय गरेको छ । तामाङका आफन्त सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले डेढ वर्ष कैद र २५ करोड ६५ लाख ८६ हजार जरिवाना तिनुपर्ने छ ।

विशेष अदालतले तामाङ सहित  श्रीमति शाक्य, केशलवाल र उनकी श्रीमति मीना श्रेष्ठ तथा तामाङका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाको नामामा रहेको सम्पत्ति जफत गर्न समेत आदेश दिएको छ । मुद्दामा तामाङका छोरीहरुले भने सफाइ पाइसकेका छन् । पेशाले इन्जिनियर रहेका तामाङ घरजग्गा व्यवसाय तथा सहकारीबाट छोटो समयमा अर्बपति व्यवसायी बनेका थिए ।

उनको नेतृत्वमा सिभिल बैंक समेत स्थापना भएको थियो । जुन अहिले हिमालयन बैंकमा गाभिएको छ । तामाङ बैंकको अध्यक्ष रहेको बेला सेयर बेच्न श्रीमतिसँग मानो छुट्टाएको एक खाले नक्कली डिभोर्स गरेका थिए । एक परिवारका व्यक्ति सूचिकृत कम्पनीमा सञ्चालक समितिका रहेको बेला एक घरपरिवारका व्यक्तिले सेयर बिक्री गर्न पाइदैन । तर,तामाङले नगद प्रवाहलाई व्यवस्थित गर्न नक्कली डिभोर्स गरेका थिए । अदालतको फैसलाले तामाङको सम्पत्ति समेत गुमेको छ भने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी भए । उनको सहकारीमा बचत गर्नेहरुको ७ अर्ब रुपैयाँ भने कसरी फिर्ता हुने अन्यौल छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal