Skip to content
Prabhu

इच्छाराज तामाङलाई तीन वर्ष र श्रीमति सृजनालाई डेढ वर्ष कैद, सम्पत्ति जफत

काठमाडौँ । विशेष अदालतले पूर्वा सांसद इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष जेल सजाय सुनाएको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले इजलासले उनलाई तीन वर्ष कैदका साथै बिगो वापत एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको हो । 

अदालतले तामाङकी श्रीमति सृजना शाक्यलाई डेढ वर्ष कैद र एक अर्ब तीन करोड ५४ लाख ४३ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ । साथै सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई डेढ वर्ष कैद र २५ करोड ६५ लाख  ८६ हजार रुपैयाँ बिगो जरिवाना तिराउने फैसला गरेको छ । 

साथै तामाङ, उनकी श्रीमति शाक्य, केशलवाल र उनकी श्रीमति मीना श्रेष्ठ तथा तामाङका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाको नामामा रहेको सम्पत्ति जफत गर्न समेत आदेश दिएको छ । मुद्दामा तामाङका छोरीहरुले भने सफाइ पाइसकेका छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal