Skip to content
Prabhu

सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला  ६ सय रुपैयाँले घटेको छ भने चाँदीको  २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal