Skip to content
Prabhu

लक्ष्मी लघुवित्तले कमायो २ करोड खुद नाफा

काठमाडौं ।  लक्ष्मी लघुवित्तले चालु आर्थि वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा  २ करोड १५ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । 

गत वर्ष २०७९/८० को यसैअवधिमा सो कम्पनी २ करोड ४० लाख ९ हजार रुपैयाँ नोक्सानमा थियो । सो कम्पनीको सञ्चालन आम्दानी बढेर ३ करोड ४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस कम्पनीले २ करोड ४० लाख ७८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको थियो । 

यता, खुद ब्याज आम्दानी भने १२.०२ प्रतिशतले घटेर १७ करोड ८९ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal