Skip to content
Prabhu

इच्छाराज तामाङको नाममा रहेको हिमालयन बैंकको ४५ करोड पर्ने सेयर के हुन्छ ?

काठमाडौं । हिमालयन बैंकमा व्यक्तिगत तर्फ हेर्दा इच्छाराज तामाङ तेस्रो सबैभन्दा ठूलो सेयरधनी हुन् । 

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गरेका तामाङको अग्रसरतामा नै सिभिल बैंक खुलेको थियो । सिभिल बैंकका संस्थापक अध्यक्ष रहेका तामाङ सहकारी निक्षेपकर्ताको आरोपमा पक्राउ परेपछि सिभिल बैंक हिमालयन बैंकसँग गाभियो । 

सिभिल बैंकमा रहदा नै श्रीमतिको नाममा रहेको सेयर डिभोर्स गरेर बेचेका तामाङ हिमालयन बैंकमा पनि ठूला सेयरधनी हुन् । 

हिमालयन बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६१ लाख ५८ हजार रुपैयाँ रहेको छ । 

हिमालयन बैंकमा तामाङको १.१६ प्रतिशत संस्थापक र ०.२० प्रतिशत साधारण सेयर छ । 

यस हिसाबले हेर्दा तामाङसँग २५ लाख १२ हजार १६७ कित्ता संस्थापक र ४ लाख ३३ हजार १३२ कित्ता साधारण सेयर छ । 

साधारण सेयर जुनसुकै बेला पनि कारोबार गर्न मिल्छ । अहिलेको मूल्यको आधारमा इच्छाराजसँग रहेको हिमालयन बैंकको साधारण सेयरको मूल्य १३ करोड २१ लाख पर्छ । 

संस्थापक सेयरको मूल्य भने साधारण सरह पर्दैन । 

पछिल्लो पटक नेप्सेमा हिमालयन बैंकको साधारण सेयर प्रतिकित्ता १२३ रुपैयाँको दरले कारोबार भएको थियो । 

हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर हिमालयन रि इन्स्योरेन्सले प्रतिकित्ता १३० दरले किन्ने सम्झौता गरेको थियो । प्रतिकित्ता १३० रुपैयाँ संस्थापक सेयरको मूल्य राख्दा ३२ करोड ६५ लाख पर्छ । यसहिसाबले हेर्दा तामाङको नाममा हिमालयन बैंकमा ४५ करोड ८६ करोडको सम्पत्ति छ । 

विशेष अदालतले तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ ।

विशेष अदालतले इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ ।

इच्छाराजका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाइसकेका छन् । विशेष अदालतले इच्छाराज, पत्नी, दुई छोरीहरु, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ, केशवकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश समेत दिएको छ ।

विशेषको फैसला अनुसार इच्छाराजको सम्पत्ति जफत गर्न भनेको हुँदा हिमालयनको सेयर पनि जफत हुन्छ । विशेषको फैसला विरुद्ध तामाङलाई सर्वोच्च जाने अधिकार भने । सर्वोच्च पनि विशेषको फैसला सदर गरेमा उनको सम्पत्ति जफत हुने । जसमा हिमालयन भएको सेयर समेत पर्छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal