काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म एनएमबी लघुवित्त वित्तीय संस्थाले ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।
उक्त संस्थाले गत वर्षको दोस्रो त्रैमासमा १३ लाख ५३ हजार रुफैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा ऋणात्मक हुँदा संस्था घाटामा पुगेको हो ।
उक्त संस्थाको १६ करोड २८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले घटेर १० करोड ७६ लाख रुपैयाँमा झरेको छ । यसको सञ्चालन नाफा ६ करोड ७६ लाख ऋणात्मक छ । एनएमबीको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १८ करोड ९० लाख रुपैयाँ जम्मा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्