काठमाडौं । सोमबार नेपाली बजारमा सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रु पैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि ५ रूपैयाँ घटेको छ। आइतबार प्रतितोला १ हजामर ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्