Skip to content
Prabhu

डलर स्थिर रहँदा यूरोको भाउ घट्यो, अन्य विदेशी मुद्राको यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४५ पैसा छ । 

अष्ट्रेलियन  डलर एकको खरिददर ८३ रुपैयाँ २३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७८ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०७ पैसा कायम छ । 

जापानी येन १०को खरिददर ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा कायम छ । 

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३ रुपैयाँ ७४ पैसा कायम  छ । 

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रुपैयाँ २० पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२ रुपैयाँ ६७ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७ रुपैयाँ कायम छ ।  कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ १५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १०  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७३ पैसा कायम छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal