Skip to content
Prabhu

नेप्से ९ अंकले बढ्यो, कारोबार २ अर्ब ५९ करोड

काठमाडौं ।  नेप्से परिसूचक  मंगलबार ९.४४ अंक बढेर २०८५.७१ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स १.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४३ करोडको सेयर कारोबार भएको बजारमा यस दिन ३१५ स्टकको ६६ जार ५५९ पटकको कारोबारमा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal