Skip to content
Prabhu

अब रेड्मी नोट १३ सिरिज नेपालमा, मूल्य कति ?

काठमाडौं । साओमीले सोमबार नेपालमा रेड्मी नोट १३ सिरिज सार्वजनिक गरेको छ ।  सोमबार  होटल अलफ्टमा आयोजित एक कार्यक्रममा साओमीले आफ्नो रेड्मी नोट १३ सिरिजअन्तर्गत  रेड्मी नोट १३ प्रो प्लस फाइभ जी, रेड्मी नोट १३ प्रो,  रेड्मी नोट १३ सार्वजनिक गरेको  हो ।

यी तीनै मोडेलमा ग्राहकहरूले शक्तिशाली प्रोसेसर र उच्चस्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्ने कम्पनीको भनाइ छ । रेड्मी १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।

रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा  २४ हजार ९ सय ९९ (६/१२८ जीबी) र  २७ हजार ९ सय ९९ (८/२५६ जीबी) मा उपलब्ध हुनेछ । रेड्मी नोट १३ किन्दा २ हजार ९ सय ९९ मूल्यको बड्स ४ एक्टीभ मात्र  १ हजार ६ सय ९९ रुपैयाँको अफरमा पाउन सकिनेछ ।  

रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा  ३४ हजार ९ सय ९९ रुपैयाँ (८/२५६ जीबी) र ३९ हजार ९ ुसय ९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ । रेड्मी नोट १३ प्रो किन्दा २ हजार ९ सय ९९ मूल्यको बड्स ४ एक्टीभ मात्र १ हजार ६ सय ९९ रुपैयाँ अफरमा वा ५ हजार ६ सय ९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र ३ हजार ४ सय ९९ रुपैयाँ अफरमा पाउन सकिनेछ ।  

रेड्मी नोट १३ प्रो प्लस फाइभ जी मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा  ४७ हजार ९ सय ९९ रुपैयाँ (८र/५६ जीबी) र ५२ हजार ९ सय ९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ । 

त्यसैगरी रेड्मी नोट १३ प्रो प्लस फाइभ जी किन्दा २ हजार ९ सय ९९ रुपैयाँ मूल्यको बड्स ४ एक्टीभ मात्र  १ हजार ६ सय ९९ रुपैयाँ अफरमा वा ५ हजार ६ सय ९९ रुपैयाँ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र ३ हजार ४ सय ९९ रुपैयाँ अफरमा पाउन सकिनेछ ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal