Skip to content
Prabhu

सुनको मूल्य ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal