Skip to content
Prabhu

प्रहरी हिरासतबाट छुटेपछि अरुण चौधरी नर्भिक अस्पताल भर्ना

काठमाडौं । प्रहरी हिरासतबाट छुटेपछि व्यवसायी अरुण चौधरी नर्भिक अस्पताल भर्ना भएका छन् । 

उनको रक्तचाप बढेको नर्भिक अस्पताल स्रोतले जानकारी दियो । प्रहरीले गत बिहीबार चौधरीलाई बाँसबारी जग्गा प्रकरणमा पक्राउ गरेको थियो । 

अदालतको आदेशसँगै चौधरी प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । उनी प्रहरी हिरासतमा भने बस्न परेन । हिरासतमा हुँदा उनी ग्राण्डी अस्पतालमा उपचारको लागि थिए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal