Skip to content
Prabhu

एनआइबीएल स्टेबल फन्डको एकाइ बाँडफाँट, आवेदन दिने सबैले पाए

 

काठमाडौं ।  एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको बन्दमुखी योजना ‘एनआबीएल स्टेबल फन्ड’ को एकाइ बुधबार बाँडफाँट भएको छ । 

क्यापिटलले यसमा आवेदन दिएका ३९ हजार २ सय ७१ जना आवेदकलाई मागबमोजिम नै सेयर बाँडफाँट गरेको छ । क्यापिटलले बीज पुँजीसहित कुल १० करोड एकाइहरु माघ २ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको थियो । यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुला गरेको थियो । 

तर, ३९ हजार २ सय ७१ जना सर्वसाधारण आवेदकहरुले मागभन्दा बढी आवेदन दिएपछि योजनाको आकार बढाएर मागअनुसार बाँडफाँट गरिएको एनआइएमबी एसले जनाएको छ । 

सर्वसाधारणले ९ करोड ५८ लाख ४९ हजार १६० एकाइका लागि आवेदन दिएका थिए । यससँगै, योजनाको आकार १ अर्ब १३ करोड रुपैयाँ अर्थात ११ करोड ३० लाख इकाइ कायम गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal