Skip to content
Prabhu

छिमेक लघुवित्तको नाफा २१ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण छिमेक लघुवित्त वित्तीय संस्था सार्वजनिक गरेको छ । उक्त कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा २१.५ प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्षको दोस्रो त्रैमासमा ४३ करोड ६२ लाख रुपैयाँ कमाएको छ । कम्पनीको खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जासँगै लोनलस प्रोभिजन बढ्दा नाफामा असर परेको देखिन्छ ।

गत आवको दोस्रो त्रैमासमा १ अर्ब ४३ करोड खुद ब्याज आम्दानी गरेको कम्पनीले यो वर्षको दोस्रो त्रैमासमा भने १ अर्ब ३८ करोड आम्दानी गरेको छ । 

 उक्त कम्पनीको लोन लस प्रोभिजन २४ करोड ८ लाख रुपैयाँ छ, गत वर्ष सोही अवधिमा २० करोड २ लाख रुपैयाँ थियो । कुल कर्जामा कम्पनीको निष्क्रिय कर्जाको अंश २.९५ प्रतिशत पुगेको छ ।  पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब २८ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ २० पैसा छ। हाल कम्पनीको साधारण सेयर मूल्य प्रतिकित्ता ८ सय ५९ रुपैयाँ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal