Skip to content
Prabhu

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२ प्रतिशत बढ्यो

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स ले चालु आर्थिक वर्ष २०८०र/८१ को दोस्रो त्रैमाससम्ममा ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको ६ महिनाको तुलनामा १२.९० प्रतिशतले धेरै हो । गत वर्ष यसले ३७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

सो कम्पनीको पुससम्ममा लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढ्न पुगेको छ । कम्पनीले लगानी तथा कर्जाबाट ७ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १४.३३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ६ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसको कुल दावी भुक्तानी भने १८.५१ प्रतिशतले घटेर ६ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ । 

गत वर्ष ८ अर्ब २८ करोड थियो । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा १ अर्ब ३ करोड रुपैयाँ छ । कम्पनीको जीवन बिमा कोषमा १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । 

सो कम्पनीले पुससम्ममा १९ अर्ब ७१ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ७.१३ प्रतिशतले धेरै हो । गत वर्ष यसले १८ अर्ब ४० करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी बढेर १० रुपैयाँ ४२ पैसा कायम भएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal