Skip to content
Prabhu

बीपीडब्लू र सामुदायिक लघुवित्तबीच मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

 

काठमाडौं ।  बीपीडब्लू र सामुदायिक लघुवित्त वित्तीय संस्थाबीच मर्जरका लागि नेपाल राष्ट्र बैंकले माघ २४ गते बुधबार मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो । 

मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट वित्तीय कारोबार हुनेछ । यी दुई लघुवित्त संस्था १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका–१४ मा रहने छ । 

उक्त सामुदायिक र बीपीडब्लू लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो । यसअघि असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal