Skip to content
Prabhu

एनसेलको डबल मजा प्याकः बोनसको रूपमा डबल डेटा पाइने

काठमाडौं । एनसेलका ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन्। ग्राहकहरूले मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरूका साथ पुनः सञ्चालनमा ल्याएको हो।

यो अफरमा ग्राहकले सात दिन भ्यालिडिटी अर्थात् समयसीमा रहेको करसहित १ सय ५० रुपैयाँमा ५ जीबी डेटा वा २ सय रुपैयाँमा ८ जीबी डेटा लिन सक्छन्। त्यसैगरी, ८ सय ८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन्।

यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्छन्। 

उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा ग्राहकले १६ जीबी डेटा बोनसका रूपमा प्राप्त गर्छ।

डबल मजा प्याक खरिद गर्न ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गर्न सक्छन्। साथै हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत् यो प्याक किन्न सकिन्छ।

थप परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकहरूलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहि रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ। 

प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकताबमोजिम जति पटक पनि यो प्याक खरिद गरी सञ्चित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन्।

सात दिन भ्यालिडिटी भएका १ सय ५० रुपैयाँ र २ सय रुपैयाँका डबल मजा प्याकमा पाइने बोनसको सञ्चित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ। त्यसैगरी ८ सय ८८ रूपैयाँको प्याकमा पाइने सञ्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ।

यसैबीच एनसेलले करसहित २२० रुपैयाँमा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ। यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्छन्। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal