Skip to content
Prabhu

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा १८८.०३ प्रतिशतले वृद्धि

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म आइपुग्दा नाफामा वृद्धि भएको छ । 

गत आर्थिक वर्षको ६ महिनामा  खुद नाफा १८८.०७ प्रतिशतले बढेर १ करोड ६३ लाख ५४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसैअवधिमा यसले ५६ लाख ७७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । वित्तीय सम्पतिको फेयर भ्याल्यू बढेकाले खुद नाफा बढेको हो ।

पुस मसान्तसम्ममा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू ९१ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको ६ महिनामा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू १ करोड ७४ लाख ४ हजार रुपैयाँ ऋणात्मक थियो । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ७४ पैसाले बढेर २ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५६ पैसा छ । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal