Skip to content
Prabhu

भारतको पर्यटन मेलामा नेपालको सहभागिता

काठमाडौं । भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम)  मेलामा नेपालले सहभागिता जनाएको छ । यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले भाग लिएको हो । 

 उक्त तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओटिएममा टानले सहभागिता जनाएको महासचिव सापकोटाले लाई बताए । 

महासचिव सापकोटाले आगामी फागुन १० देखि १२ सम्म भारतमा हुन लागेको दक्षिण एसियाको ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे)मा पनि टानले सहभागिता जनाउन लागेको बताए । नेपालको पर्यटन क्षेत्रमा ४५ वर्ष अनवरत क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal