Skip to content
Prabhu

तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

 

काठमाडौं ।  सांग्रिल डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी र स्वावलम्बन लघुवित्तको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । 

हिमालयन डिष्टिलरीको २४ लाख २९ हजार ५६६.६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । 

त्यसैगरी सांग्रिल डेभलपमेन्ट बैंकको १६ लाख ३३ हजार ७९५.८६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस बैंकले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यस संस्थाले गत वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई १२.३६ प्रतिशत लाभांश वितरण गरेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal