Skip to content
Prabhu

बाँसबारीको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया शुरु

काठमाडौं । सरकारले बाँसबारीमा रहेको जग्गा आफ्नो नाममा ल्याउने प्रक्रिया शुरु गरेको छ । 

बाँसबारी जुत्ता कारखानाको जग्गा च्याम्पियन फुटवेयरलाई दिइएको थियो । जुन पछि निजी कम्पनीमा गएको थियो । 

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले १० रोपनी जग्गा सरकारको नाममा ल्याउन सूचना जारी गरेको हो । 

च्याम्पियन फुटवेयर प्रालि ९हाल चाँदबाग रेसिडेन्सी प्रालि० का सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो । 

गत बिहीबार प्रहरीले बाँसबारी जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी सहित सञ्चय ठाकुर र तत्कालिन बाँसबारी जुत्ताका अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal