Skip to content
Prabhu

शिवम् सिमेन्ट्सको आम्दानी बढे पनि नाफा घट्यो

 

काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा १४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्ष २०७९/८० को ६ महिनाको तुलनामा ६७.६७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पुसमा यस कम्पनीले ४५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । 

उक्त कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३४ करोड ३० लाखबाट बढेर ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी भने ३२ करोड ३६ लाख रुपैयाँबाट घटेर १७ करोड २ लाख रुपैयाँ कायम भएको छ । यता, कस्ट अफ सेल्स (बिक्री लगात) भने ११.३४ प्रतिशतले बढेको छ । 

 शिवम् सिमेन्ट्सको चुक्ता पुँजी ५ करोड २ करोड ७० लाख रुपैयाँ रहेको छ । यसको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । रिजर्भमा ३ अर्ब ४५ करोड जम्मा छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा देखिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal