Skip to content
Prabhu

ग्रामीण विकास लघुवित्तको नाफा ९ करोड ६९ लाख

काठमाडौं ।  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्ममा यो संस्था १२ करोड ५५ लाख रुपैयाँ घाटामा थियो । खुद ब्याज आम्दानी ४६ करोड ३३ लाख रुपैयाँबाट घटेर ४१ करोड ३७ लाख रुपैयाँ कायम भएको छ । 

उक्त संस्थाको नोक्सानी व्यवस्थापबाट ८ करोड २३ लाख फिर्ता भएको छ । जसकारण संस्थाको नाफामा सुधार आएको हो । यसको सञ्चालन नाफा ६ करोड ३३ लाख रुपैयाँ छ । यस लघुवित्तको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ । 

यसको जगेडा कोषमा १ अर्ब ८ करोड ५२ लाख रुपैयाँ जम्मा रहेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ४६ पैसा छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal