Skip to content

महुली लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने

nabil bank

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

माघ २७ गते शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो। लघुवित्तले सोही निर्णयअनुसार गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लाभांश लगानीकर्तालाई निराश बनाएको हो । गत वर्ष कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi