Skip to content
Prabhu

हकप्रद स्रोत जुटाउन नेपाल रिबाट सेयर बेच्दै आइएमई समूहका कम्पनी

काठमाडौं । पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब बनाउने निर्णय भएसँगै नेपाल पुनर्बीमा कम्पनीमा रहेको सेयर आइएमई समूह अन्तर्गतका कम्पनीले बेच्ने भएका छन् । 

बीमा समितिले पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउनको लागि निर्णय गरिसकेको छ । 

नेपालमा अहिले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इस्योरेन्स कम्पनी सञ्चालनमा रहेका छन् । जसमा नेपाल पुनर्बीमाको चुक्ता पुँजी १२ अर्ब ८१ करोड छ । यस्तै हिमालयनको १० अर्ब छ । हिमालयनले ४ प्रतिशत बोनस सेयर दिएर ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । 

नेपाल पुनर्बीमाले अहिलेसम्म निर्णय भने लिएको छैन । नेपाल पुनर्बीमामा सबैभन्दा ठूलो सेयरधनी सरकार हो । 

नेपाल पुनर्बीमा कम्पनीमा रहेको सेयर आइएमई समूह अन्तर्गतका कम्पनीहरु  आइजिआई प्रुडेन्सियलले २० लाख  लाख कित्ता हाथवे इन्भेष्टमेन्टले ६ लाख ५० कित्ता,आइएमई लिमिटेड ७ लाख ५० हजार र ग्लोबल आएमई क्यापिटलले  १ लाख ८७ हजार कित्ता सेयर बेच्न लागेका हुन् । 

आइजिआई पु्रडेन्सियल इस्योरेन्सका डेपुटी सीइओ शरण रेग्मले मर्जरपछि नेपाल पुनर्बीमामा ठूलो लगानी देखिएको हुँदा यसलाई घटाउने नीति अन्तर्गत सेयर बेच्न लागिएको जानकारी दिए । अन्य कम्पनीको बारेमा भने आफूलाई जानकारी नभएको बताए । 

अरु कम्पनीको तयारीपनि केही सेयर बेच्ने र नेपाल पुनर्बीमामा लगानी गर्ने हकप्रद जुटाउने भन्ने रहेको स्रोतले जानकारी दियो । नेपाल पुनर्बीमामा पुराना बीमा कम्पनीको सेयर रहेपनि नयाँ बीमा कम्पनीको छैन । यो सेयर नयाँ बीमा कम्पनीले किन्ने सम्भावना रहेको छ । 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal