Skip to content

लगानीको वातावरण बनाउन एक दर्जन कानुन सुधार गर्दै सरकार

अर्घाखाँची सिमेन्ट
Hyundai

काठमाडौं । सरकारले लगानी सम्मेलन अगाडी एक दर्जन कानुन संसोधन गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

निजी क्षेत्रको सुझाव अनुसार सरकारले कानुन सुधारको प्रक्रिया अगाडि अडाडि बढाएको हो । 

सरकारले केही ऐन सुधार गर्ने प्रस्ताव संसद्मा ल्याएर कानुन सुधारको प्रक्रिया अगाडि बढाएको हो । अहिले भएका कानुनलाई सुधार गर्न एकैपटक कानुन सुधारको प्रक्रिया अगाडि बढाइएको हो । 

लगानीको वातावरण बनाउनको लागि कानुन सुधारको प्रक्रिया अगाडि बढाएको सरकारी अधिकारीहरुको भनाई छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित समितिले एक दर्जन कानुन सुधारको सुझाव मुख्यसचिवलाई बुझाएको थियो । 

निजी क्षेत्रसँग लिइएको सुझाव अनुसार औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९,् भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय कारोबार ऐन २०६३, नागरिक उड्डयन ऐन, २०५३ मा संसोधन हुन लागेको छ । 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ र वन नियमावली, २०७९ मा समेत संशोधन हुने छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्