Skip to content
Prabhu

गृहमन्त्रीलाई रवि लामिछानेले सोधे, विनोद चौधरीसँग बयान लिइयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाइएको थियो ।

बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकै बराबर सेयर भएका विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भनेर सो बैठकमा रास्वपा सभापति लामिछानेले गृहमन्त्रीलाई प्रश्न गरेका हुन् ।

‘सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि अरुण चौधरीकै जति सेयर भएकाले अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला बयान लिइयो कि लिइएन’, उनले प्रश्न गरे ।

अनुसन्धानका क्रममा च्याम्पियन फुटवेयरमा अरुण चौधरीसँगै विनोद चौधरीको पनि सेयर भएको भेटिएको सीआईबीको भनाइ छ ।

सांसद लामिछानेको प्रश्नको जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जो–जोसँग बुझ्नुपर्छ सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal