काठमाडौं । आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा कायम भएको हो । आज सेन्सेटिभ इन्डेक्स ३.८९ अंक, फ्लोट इन्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०७ अंक घटेको छ ।
आज ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर ८३ हजार ८ सय ७७ पटक खरिदबिक्री हुँदा कारोबार रकम ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँमा समेटिएको छ ।
बिहीबार ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको १९ लाख ७१ हजार कित्ता सेयर खरिद बिक्री भएकमा आज भने कारोबार रकम ८७ करोड ३४ लाख रुपैयाँले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्