Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

nabil

 

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको  चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म आइपुग्दाको खुद नाफा ३६.१० प्रतिशतले बढेर १७ करोड ६४ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० को यसैअवधिमा यसले १२ करोड ९६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  

उक्त कम्पनीको बिमा शुल्क आर्जन बढेसँगै  खुद नाफा बढेको हो । बिमा शुल्क आर्जन १०२.३८ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ८५ लाख १४ हजार रुपैयाँ पुगेको छ । 

गत आर्थिक वर्ष यस इन्स्योरेन्सले ९८ करोड ७५ लाख १७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । उक्त कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १०९.७२ प्रतिशतले बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९२ पैसा छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal