Skip to content
Prabhu

हाथवे इन्भेष्टमेन्टको आम्दानी ४८.१८ प्रतिशतले घट्यो

काठमाडौं ।  हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्ष भने सो कम्पनीले १ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । 

उक्त कम्पनीको सञ्चालन आम्दानी ६ करोड ४९ लाखबाट घटेर ३ करोड ३५ लाख रुपैयाँमा झरेको छ । पुससम्म आइपुग्दा कम्पनीको कुल आम्दानी पनि ४८.१८ प्रतिशत घटेर ३ करोड ३८ लाख रुपैयाँमा झरेको ।  गत आर्थिक वर्ष कुल आम्दानी ६ करोड ५३ लाख रुपैयाँ रहेको थियो । यसको खर्च पनि ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । 

उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ७८ करोड १६ लाख रुपैयाँ जम्मा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ४ पैसा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal