Skip to content
Prabhu

सुनको भाउ एकैदिन ५ सयले घट्यो, कतिमा हुँदै छ किनबेच ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुन प्रतितोला ५  सय  रुपैयाँले  घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २४ दशमलव ४९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ६१ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal