Skip to content
Prabhu

नेपालमा व्यवसाय: गाडी बिक्री र मर्मतमा सबैभन्दा बढी नाफा

काठमाडौं । नेपालमा व्यवसाय गर्दा सबैभन्दा बढी नाफा गाडी बिक्री र मर्मतमा हुने गरेको देखिएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको व्यापार सर्वेक्षण २०७८ अनुसार गाडी व्यापार मर्मतमा २४.०२ प्रतिशत मार्जिन रहेको देखिएको हो । सर्वेक्षण अनुसार होलसेल व्यापारमा १८.२८ प्रतिशत मार्जिन रहेका छ भने रिटेलमा १८.५३ प्रतिशत मार्जिन रहेको छ  । 

प्रदेश अनुसार सबैभन्दा बढी मार्जिन गण्डकीमा २०.०९ प्रतिशत रहेको छ । सबैभन्दा कम मार्जिनमा व्यापार कोशी प्रदेशमा १६.७७ प्रतिशतमा हुने गरेको देखिएको छ । 

सर्वेक्षण अनुसार खुद्रा व्यापार गर्ने ४ लाख ९८ हजार व्यापारिक प्रतिष्ठान ६८ प्रतिशत कुनै सरकारी निकायमा दर्ता भएर चलेनमा भने ३२ प्रतिशत दर्ता नगरेर चलेका छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal