Skip to content
Prabhu

राष्ट्रिय बिमा कम्पनीको नाफा १४.१८ प्रतिशतले बढ्यो

nabil

काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा १४.१८ प्रतिशतले धेरै हो । गत वर्ष यसले ३७ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ३५.७० प्रतिशतले बढेको छ । यसको लगानी तथा कर्जाबाट हुने आम्दानी ३९ करोड ६८ लाख रुपैयाँबाट बढेर ५३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । 

उक्त कम्पनीको कुल दावी भुक्तानी ११ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष कुल दावी भुक्तानी ६ करोड २१ लाख रुपैयाँ थियो । हाल यसको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । 

पुससम्म यसले १३ करोड ४१ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा २२.३३ प्रतिशतले थोरै हो । गत वर्ष यसले १ करोड ७२ रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी ३२० रुपैयाँ ४८ पैसा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal