Skip to content
Prabhu

बजेटको सिलिङ घट्ने होइन बढ्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट सिलिङ बढ्ने बताएका छन् । 

‘बजेटको सिलिङ घट्ने होइन, यो  वर्ष अझ बढ्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले जतिसुकै आर्थिक चुनौती र जटिलता भए पनि बजेटको सिलिङ बढ्ने बताएका हुन् । 

‘मैले आजै राष्ट्रिय योजना आयोगसँग छलफल पनि गरेको छु । छलफलका क्रममा पनि बजेट सिलिङ घट्ने होइन बढ्ने नै देखिएको उनले बताए ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal