Skip to content
Prabhu

हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुपाल्चोक । नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की  निर्वाचित भएका छन् । संघको २४औं वार्षिक साधरणसभा तथा १२औं अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा  कार्कीले ४ सय ३४ मत ल्याएका थिए। 

अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडि पार्दै कार्की निर्वाचित भएका हुन् । दुई वरिष्ठ उपाध्यक्षमा  गङ्गाबहादुर घिमिरे (सागर) ले ४ सय ४२ मत र रामचन्द्र पराजुलीले ४ सय ४३ मत ल्याई  निर्वाचित भएका छन् ।  यस्तै सचिव पदका लागि पाँच जनाको उम्मेद्वारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् ।

  सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन् । आइतबार सर्वसम्मत हुन नसकेका अध्यक्षलगायत पदाधिकारीको भने निर्वाचन भएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal